Home » , , , , , Saturday, April 6, 2013

‘बूढी आमै’ एमालेमा प्रवेश

Posted by Unknown

२४ चैत, काठमाडौं । रेडियो नेपालमा कृषि कार्यक्रममा बूढी आमैको अभिनय गर्ने चर्चित कलाकार लक्ष्मी भुसाल शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
भुसालसहित ‘यो नेपाली ठिटो’ गीत गाउने कलाकार सूर्य थुलुङलाई एमाले अध्यक्ष झलनाथ खनालले टीका लागाएर पार्टीमा प्रवेश गराउनुभएको हो ।
एमालेसमर्थित राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा आबद्ध विभिन्न ६ वटा घटक संस्थाको संयुक्त सम्मेलनको उद्घाटन कार्यक्रममा भुसाल र थुलुङले एमाले प्रवेश गर्नुभएको हो । सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष खनालले आगामी निर्वाचनबाट बन्ने संविधानसभाले मुलुकको राष्ट्रिय एकता, सद्भाव र सार्वभौमसत्तालाई जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Laxmi-Bhusalएमाले अध्यक्ष झलनाथ खनालले आगामी संविधानसभाको निर्वाचनलाई आफ्नो पार्टीले राष्ट्रिय जनअभियानका रुपमा लिने बताउनुभएको छ । उहाँले मुलुक अब संविधानसभाको दोस्रो निर्वाचनतर्फ अग्रसर भइसकेको भन्दै यसको तयारीमा उत्रन कार्यकर्ताहरुलाई अपील गर्नुभयो । उहाँले साम्राज्यवादी, पुँजीवादी र गलत संस्कृतिको अन्त्य भई नयाँ, प्रगतिशील र लोकतान्त्रिक संस्कृतिको निर्माण नभएसम्म देशको समृद्धि नहुने बताउनुभयो ।
कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा संस्कृति विभाग इन्चार्ज प्रदीप नेपालले संस्कृतिकर्मीहरुलाई नेतृत्वका लागि मात्रै विवाद नगरी काम गर्ने समयमा पनि जिम्मेवार बन्न आग्रह गर्नुभयो । एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले महासङ्घले विगत २५ वर्षदेखि मुलुकमा वैकल्पिक संस्कृति निर्माणका लागि भूमिका खेल्दै आएको चर्चा गर्दै सामन्ती र विभेदकारी संस्कृतिको अन्त्यका लागि सिर्जनात्मक सक्रियता कायम राख्न आग्रह गर्नुभयो । अर्का पोलिटब्यूरो सदस्य तथा महासङ्घका संस्थापक रघुजी पन्तले सांस्कृतिक आन्दोलनमा महासङ्घले पञ्चायतकालदेखि नै आफूलाई कठिन अवस्थामा पनि सशक्तरुपमा प्रस्तुत गरेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष खनालले महासङ्घका संस्थापकहरु मोदनाथ प्रश्रति, रघुजी पन्त, रामप्रसाद प्रदीप, प्रचण्डबहादुर बुढाथोकी, रविलाल अधिकारी, नारायण ढकाल, विष्णु प्रभात, त्रिरत्न शाक्य, मोहन श्रेष्ठलगायतलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष खनालले महासङ्घको २५ वर्ष पूरा भएको अवसरमा प्रकाशित रजत जयन्ती स्मारिकाको लोकार्पण पनि गर्नुभयो ।
महासङ्घमा सातवटा विधागत घटक संस्था रहेकोमा आज जनसाहित्यिक मञ्च, जनसङ्गीत मञ्च, जनपक्षीय चलचित्रकर्मी सङ्घ, भाषा तथा लोकसाहित्य मञ्च, जननाट्य मञ्च र नेपाल ललितकला मञ्चको सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । सम्मेलनको बन्दसत्र कीर्तिपुरस्थित त्रिवि हलमा भइरहेको छ । रासस

Related Posts

No comments:

Leave a Reply

Copyright © 2012, Editing News Allrights Reserved 2013 - Designed by Bishnu Subedi