ओबामाले महान्यायाधीबक्तासँग माफी मागे
२४ चैत, काठमाडौं । क्यनालिफेर्नियाका
महान्यायाधीबक्ता कमला हृयारिसलाई ‘राम्री’ भनेकोमा आलोचना भएपछि अमेरिकी
राष्ट्रपति बाराक ओबामाले माफी मागेका छन् । ओमाबाले हृयारिसलाई पूरानो
सानी र ‘देशको सबैभन्दा राम्री महान्यायाधीशवक्ता’ भनेका थिए ।
हृयारिसका प्रवक्ताका अनुसार कमला ओबामाका कट्टर सर्मथक हुन् । तर, उनले ओबामाको माफी स्वीकार गरे नगरेको केही बताइएको छैन ।
बिहीबार
क्यालिफोर्निर्यामा भएको एक कार्यक्रममा ओबामासँगै हृष्यारिस पनि सहभागी
भएकी थिइन् । हृयारिसपछि कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओबामाले भनेका
थिए-’हृयारिस एक निकै समझदार र समर्पणले काम गर्ने महिला हुन् । उनी ठिकसँग
काम गराउन कठोर निर्णय पनि लिन सक्छिना् । कानुन व्यवसायलाई सूचारु रुपमा
चलाउन यस्तै मानिस चाहिन्छ ।’ त्यसपछि ओबामाले भने-’साथै उनी अमेरिकाको
सबैभन्दा राम्री अर्टोनी जनरल हुन् । उनी मेरो पुरानो साथी र प्रबल समर्थक
पनि हुन् ।’
लगतै समाजिक संजाल र ब्लगहरुमा ओबामाको
चर्को आलोचना भएको थियो । शुक्रबार हृवाइट हाउसले जारी गरेको बक्तव्यमा
राष्ट्रपतिले हृयारिससँग कुरा गरेको र आफ्नो भनाईप्रति माफी मागेको जनाएको छ
।
No comments: