Home » , , , , Saturday, April 6, 2013

बेग्लै रंग बोकेर रामचन्द्र झा एमाओवादीमा

Posted by Unknown


बेग्लै रंग बोकेर रामचन्द्र झा एमाओवादीमा

प्रतिश्पर्धामा आफूलाई जितेर देखाउन पुरानालाई चुनौती

15
२४ चैत, काठमाण्डौं । नेकपा एमालेका नेता रामचन्द्र झा र पूर्वएमालेसभासद लक्की शेर्पा शनिबार एकीकृत नेकपा माओवादीमा औपचारिकरुपमा प्रवेश गर्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नवप्रवेशी झाले पार्टी एकता भए पनि एउटै धारमा समाहित हुन केही समय लाग्ने बताउनुभएको छ । साथै उहाँले आफ्नो प्रवेशबाट असन्तुष्ट रहेका एमाओवादी नेतालाई समेत राजनीतिमा ठूलो चित्त बनाउन आग्रह गर्नुभएको छ ।neta-haru
उहाँले एमालेको विचारविरुद्ध लड्नका लागि एकीकृत माओवादीमा प्रवेश गरेको बताउनुभएको छ । साथै उहाँले प्रतिश्पर्धामा आफूलाई जितेर अगाडि बढ्न पार्टीभित्रका अन्य नेता-कार्यकर्तालाई चुनौती समेत दिनुभएको छ । भारतको प्रयागघाटमा गंगा र जमुना नदी एकाआपसमा मिले पनि आ-आफ्नो वेगले गर्दा पाँच किलोमिटर परसम्म उनीहरुको धार र रंग फरक रहेको भन्दै झाले पार्टी एकता गरे पनि एउटै धार र रंगमा घोलिन समय लाग्ने बताउनुभयो ।
‘राजनीतिकमा चित्त सानो बनाउनुहुँदैन । तपाईहरुले अप्ठ्यारो नमान्नोस् आफ्नो क्षमता देखाएर मलाई जितेर माथि जान सक्नुहुन्छ ।’ झाले भन्नुभयो- ‘म युवा साथीहरु अगाडि बढेको हेर्न चाहन्छु, प्रचण्डजी उमेरले मभन्दा चार महिना कान्छो हुनुहुँदोरहेछ ।’ आफु एमाओवादीमा प्रवेश गरेपछि रुष्ट बनेका मधेशी नेताहरुलाई संकेत गर्दे उहाँले भन्नुभयो -’हामी सबै माओवादी हौं, आफूहरुबीचको तिक्ततालाई यहीँ छोडी एमाओवादीलाई सफल बनाउने अभियानमा लागौं, यो नै हाम्रो हितकर कार्य हुनेछ ।’
‘एमालेले सही मूल्यांकन गरेन’
विगतको संविधानसभा निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन पहल गरे पनि त्यो सफल नभएको भन्दै झाले भन्नुभयो, ‘एमालेलाई पहिलो पार्टी बनाउन धेरै पहल गरियो तर, त्यो सम्भव भएन, साथै मधेशमा एमालेलाई बलियो बनाउन आफूले धेरै पहल गरेपनि पार्टीले सहि मुल्यांकन गर्न सकेन ।’ अग्लो हिल लगाउँदैमा उचाई नबढ्ने भन्दै झाले आफ्नो प्राकृतिक उचाइ नै राम्रो हुने र विचार र सोच राम्रो भएमात्र जनताले साथ दिने बताउनुभयो । पार्टी प्रवेश गरेपनि पद तथा जिम्मेवारीको कुनै निर्णय नभएको भन्दै उहाँले यस विषयमा छलफल र संवाद जारी रहेको बताउनुभयो ।
झासँगै नेकपा एमालेका नेता तथा विगठित संविधानसभाका सभासद लक्की शेर्पा, युवा संघ नेपालका निर्वतमान केन्द्रीय सचिवालय सदस्य हरेन्द्र राय यादवलगायतका नेताहरु पनि एमाओवादीमा प्रवेश गरेका छन् । उनीहरुले एमाले छोड्दा दुःख लागेको बताउँदै पार्टीमा आफ्नो विचार नमिलेकाले अलग्गिनुपरेको धारणा राखेका थिए । रौतहट निवासी हरेन्द्रले भने एमालेप्रति आक्रोस पोख्दै माधव नेपाललाई रौतहटमा फेरि चुनाब हराउने, मधेसबाट एमालेलाई बढार्ने र एमाओवादीको पक्षमा दुईतिहाइ बुहमत ल्याउने बताउनुभयो ।
महत्वपूर्ण जिम्मेवारी दिइने
पार्टी प्रवेश कार्यक्रममा पढेर सुनाइएको पार्टी अध्यक्ष प्रचण्डको प्रेस विज्ञप्तिमा नवप्रवेशी झालाई महत्वपूर्ण जिम्मेवारी दिइने उल्लेख गरिएको छ । तर, कुन पद दिइने भन्ने खुलाइएको छैन । कार्यक्रममा मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले आफ्नो पक्षमा फेरि जनलहर चलेको र झाको प्रवेशले नयाँ धु्रवीकरण प्रारम्भ भएको दाबी गर्नुभयो ।
प्रचण्डजीलाई मेरो विचार मन परेछ : शेर्पा
एमाले पूर्वसभासद लक्की शेर्पाले एमाले परित्याग गर्नुको कारणबारे बताउँदै भन्नुभयो-’राज्य पुर्नसंरचनालगायतका विषयमा एमालेको सिद्धान्त र मेरो विचार मिलेन, त्यसैले पार्टी त्याग गरेको हो ।’ उहाँले राज्य पुर्नसंरचनाका विषयमा एमाओवादीको विचार नै उत्कृष्ट र आफूसँग मिल्ने भएकाले एमाओवादी नै आफ्नो रोजाइ भएको बताउनुभयो । ‘प्रचण्ड, बाबुराम र नारायणकाजीको भ्यु पोइन्ट र मेरो भ्यु पोइन्ट मिल्यो । प्रचण्डजीलाई मेरो विचार पनि मन परेछ ।’- शेर्पाले एमाओवादीमा प्रवेश गर्नुको कारणबारे बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा पहिल्यै पार्टीमा आइसकेका पूर्वमसाल नेता कलाधर देवकोटालाई पनि नवप्रवेशीका रुपमा मन्तव्य दिन लगाइएको थियो ।

Related Posts

No comments:

Leave a Reply

Copyright © 2012, Editing News Allrights Reserved 2013 - Designed by Bishnu Subedi