Home » , , , , , Saturday, April 6, 2013

निर्वाचन दशैपछि मात्रै : महामन्त्री सिटौला

Posted by Unknown

२४ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले दशैपछि मात्रै संविधानसभाको निर्वाचनको सम्भावना रहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालले शानिवार आयोजना गरेको साक्षात्कारमा सिटौलाले नागरिकता वितरण र मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु पनि नभएको अवस्थामा असार पहिलो साता निर्वाचनको सम्भावना कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो-’बाधा अडकाउ फुकाउ लगत्तै नागरिकता वितरण र मतदाता नामावली अद्यावधीक गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाएको भए असार पहिलो साता निर्वाचन हुन सक्थ्यो । तर अहिलेसम्म त्यो कार्य सुरु हुन नसकेकोले निर्वाचन सर्ने अवस्था आएको हो ।’
krishna sitaulaपार्टीको सोमबारबाट नवलपरासीमा सुरु हुने महासमितिको बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट कुनै पनि फरक मत प्रस्तुत नहुने भन्दै उहाँले कार्य समितिको तर्फबाट प्रस्तुत हुने प्रतिवेदनमा केही साथीहरुको विमती रहेको भन्ने शब्दावली समावेश गरिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’महासमितिको बैठकमा हामि एकताबद्ध रुपमा प्रस्तुत हुन्छौ । विवाद थन्क्याएर एक भएर जान्छौं ।’

Related Posts

2 comments:

Copyright © 2012, Editing News Allrights Reserved 2013 - Designed by Bishnu Subedi